काठमाडौं, १६ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मतले चयन भएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो ।
संसदीय दलको नेताका लागि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको प्रस्तावक र महेन्द्र राय यादव समर्थक रहेका थिए ।
बैठकमा २१ जना मात्र संघीय सांसदको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया