काठमाडौं, १६ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डा रहेको छ ।
निर्वाचन समितिद्वारा निर्वाचन तालिकासहित विधि र प्रक्रिया सार्वजनिक गरिएको छ ।
सुरुमा सर्वसहमतिले दलको नेता चयनको प्रयास गर्ने तर सहमति नजुटे निर्वाचन मार्फत दलको नेता चयन गरिने जनाइएको छ ।
दलको बैठकमा २१ जना संघीय सांसदको उपस्थिति रहेको जसपा अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले जनाएका छन् ।
तपाईको प्रतिक्रिया