जनकपुरधाम, २४ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवमाथि विभिन्न आरोपहरु लगाएका छन् । शनिबार जनकपुरधाममा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा उनले सम्बोधन गरेका थिए ।
कार्यकर्ता भेलामा अध्यक्ष ठाकुरले उपेन्द्र यादवले पार्टी एकता भत्काएर मधेशी जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् ।
उनले उपेन्द्रले पार्टी कमजोर बनाएको समेत बताए ।
यसैगरी, कार्यक्रममा नेता राजेन्द्र महतोले उपेन्द्र यादवले पार्टी एकता भत्काएर मधेश र मधेशी जनताको भावनामाथि ठूलो कुठाराघात गरेको बताए ।
मधेशी जनताले सधैं एकता चाहेको बताउँदै महतोले भने, ‘तर जनताको भावना र आत्मसम्मानमा चोट पु¥याउने काम गरिएको छ ।’
अर्का नेता शरतसिंह भण्डारीले मधेशी जनताको भावनालाई कदर गरेर पार्टी एकीकरण गरिएपनि त्यसलाई टिक्न नदिनु दुःखद भएको बताए ।
तपाईको प्रतिक्रिया