जसपामा अब उपेन्द्र यादव एकल अध्यक्ष, ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति

राजनीति

काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टी नेपालमा अब उपेन्द्र यादव मात्र एकल अध्यक्षको रुपमा रहेको निर्वाचन आयोगमा अध्यावधिक गरेको छ । एक वर्षअघि गठन भएको जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव दुई जना अध्यक्ष थिए ।

उपेन्द्रले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि महन्थ ठाकुरलाई अध्यक्षबाट हटाउनुका साथै ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएका छन् ।

जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले ११ साउनमा उपेन्द्र यदव पक्षलाई आधिकारिकता दिएको थियो । यादव पक्षले हालै ३५ सदस्यीय कार्यकारिणी समितिको नाम निर्वाचन आयोगमा पठाएको छ ।

आधिकारिकता विवादमा आयोगले हेडकाउन्ट गर्दा यादव पक्षमा उभिएका ३४ जना र तटस्थ बसेका रेशम चौधरीको नाममात्र केन्द्रीय कार्यकारिणी समितिमा राखिएको छ ।

आयोगको सोमबार बसेको बैठकले जसपाले पठाएको नयाँ कार्यकारिणी समितिको विवरण अध्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

अहिले जसपाको केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र पक्षका नेताहरु मात्र रहेका छन् । महन्थ पक्षका सबै सदस्यहरुलाई हटाइएको छ ।

साथै, कार्यकारिणी समितिबाट हटाइएका १६ जनालाई पार्टीको साधारण सदस्यबाट भने हटाइएको छैन । अब महन्थ ठाकुर पक्षले जसपा फुटाउने सम्भावना समाप्त भएको छ ।

यता, महन्थ पक्षले नयाँ दल गठन गरेमा उनी पक्षीय नेताहरुको सांसद पनि जाने देखिएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ