काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी नेपालभित्र विवाद चरम अवस्थामा रहेको बेला अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समिति विस्तार गरेका छन् । अध्यक्ष ठाकुरले कार्यकारिणी समितिमा १६ जना नयाँ सदस्य थप गरेका छन् ।
काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधान र परिवर्तन मन नपराउने देशभित्र र बाहिरका शक्तिहरुले चलखेल गरिरहेको दाबी गरेका छन् ।
काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी विभाजन नभएको दाबी गरेका छन् । उनले केही व्यक्तिहरूलाई कारबाही गरेर निकालिएको र पार्टी एक ढिक्का रहेको दाबी गरे ।
काठमाडौं, १५ जेठ । नेपाली जनताको लामो संघर्ष र बलिदानपश्चात गणतन्त्र स्थापना भएको आज १३ वर्ष पूरा भएको छ । संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको कट्टर विरोधीको रुपमा छवि बनाएका जनता समाजवादी पार्टी नेपालका दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवले भित्रभित्रै सरकारमा सहभागी हुन बार्गेनिङ्ग गरिरहेको समाचार प्राप्त भएको छ ।
काठमाडौं, ३१ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको बाटो सुधार हुनुभन्दा थप गिजोलिएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौं, ३१ बैशाख । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन् ।
काठमाडौं, १८ बैशाख । कोभिड १९ सङ्क्रमणको दोस्रो लहरका कारण देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको र सङ्क्रमित बिरामीलाई अस्पतालमा शय्या उपलब्ध गराउनसमेत नसकिने भनी स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
काठमाडौं, १५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मधेश आन्दोलनका बेला लगाइएका झुठा मुद्दाहरु फिर्ता लिने निर्णय सार्वजनिक गरेलगत्तै जनता समाजवादी पार्टी नेपालका केही नेताहरु तनावमा परेका छन् ।
वीरगञ्ज, ९ बैशाख । वीरगञ्जमा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले निःशुल्क अक्सिजन सेवा सुरु गरेको छ ।
महोत्तरी, ९ बैशाख । बर्दिवास नगरपालिका–७ का करिब तीन सय घरपरिवारले जग्गाको लालपुर्जा पाएका छन् । पुस्तौँदेखि जग्गामा बस्दै आए पनि उनीहरूले धनीपुर्जा पाएका छन् ।
राजविराज, ९ बैशाख । कोरोना भाइरसको संक्रमणको दोस्रो लहर सुरु भइसक्दा सप्तरीका १८ मध्ये ६ वटा स्थानीय तहले मात्रै कोरोना अस्पताल सञ्चालनमा ल्याएका छन् ।
रूपन्देही, ९ बैशाख । पार्टी नीति र निर्णयविपरीत प्रदेश सरकारमा चार सांसद मन्त्री भएपछि जसपा) को लुम्बिनी प्रदेश संसदीय दलले कारबाही प्रक्रिया अघि बढाएको छ । जसपा संसदीय दलका नेता सहसराम यादवले चारैजना सांसदलाई छुट्टाछुट्टै स्पष्टीकरण सोधेका हुन् ।
जनकपुरधाम, २ बैशाख । जसपा नेपालका नेता राजेन्द्र महतोले जसपाको नेतृत्वमा सरकार बन्न सक्ने बताएका छन् । उनले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए जसपाले आफ्नै नेतृत्वमा पनि सरकार बनाउन सक्ने बताएका हुन् ।
जनकपुरधाम, २ बैशाख । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको नयाँ कार्यसमिति चयन भएको छ । जनकपुरधाममा सम्पन्न पहिलो महाधिवेशनले निर्वाचनका माध्यमबाट नयाँ कार्यसमितिको चयन गरेको छ ।
काठमाडौं, २० चैत । यहि चैत २८ गते जनमत पार्टीको प्रथम महाधिवेशन प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा हुन लागेको छ ।
काठमाडौं, २८ फागुन । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी भएको छलफल निष्कर्षविहीन भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस र जसपा नेताहरूबीचको बैठक ठोस सहमति नगरी टुंगिएको छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन् । उनले अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हुने दाबी गरे ।
इलाम, १४ फागुन । जसपाका अध्यक्ष उपेन्द्र यादवले संविधान उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी ओलीलाई कारबाही हुनुपर्ने बताएका छन् ।
सर्लाही, ७ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौं जनताको रगत पसिनाबाट ल्याइएको लोकतन्त्र र गणतन्त्र धरापमा पर्ने खतरा बढ्दै गएको बताएका छन् ।
वीरगन्ज, २५ माघ । विघटित प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता गगन थापाले अहिलेसम्म नेपालमा एउटा पनि मधेशी, थारु वा मुस्लिम प्रधानमन्त्री किन भएन भन्ने प्रश्न गरेका छन् ।
अर्घाखाँची, २० माघ । जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको विषयमा जनताको पक्षमा फैसला गर्छ भनेर कुरेर बस्न नहुने बताएका छन् ।
काठमाडौं, ११ माघ । नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह) जनता साजवादी पार्टी नेपालमा गाभिएको छ ।