विराटनगर, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली भूमि फिर्ता लिन भारतसँग वार्ता गर्नुपर्ने बताएका छन् ।
काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथामका लागि सरकार पूर्ण रुपमा असफल रहेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री केपी ओलीसमक्ष १२ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
काठमाडौं, २७ जेठ । समाजवादी पार्टी र राजपा नेपाल मिलेर एकीकृत भएको जनता समाजवादी पार्टी नयाँ नक्सालाई संविधानमा समेट्ने सरकारी प्रस्तावको पक्षमा मतदान गर्ने संकेत गरेको छ ।
काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसले संविधान संशोधन विधेयकलाई पूर्ण समर्थन गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर बनाइएको नेपालको नक्सासहितको निशान छाप संविधानको अनुसूचीमा राख्ने संविधान संशोधन प्रस्तावलाई कांग्रेसको पूर्ण समर्थन रहेको बताए ।
काठमाडौं, २६ जेठ । जनता समाजवादी जनता पार्टीका नेता डा. बाबुराम भट्टराईले पार्टीमा पद विभाजन समहतिमै भएको स्पष्ट पारेका छन् ।
काठमाडौं, २५ जेठ । लामो समयको मन्थन–गन्थनपछि नवगठित जनता समाजवादी पार्टी नेपालले पदाधिकारी टुंगो लगाएको छ । जसपाले पाँच पदाधिकारी रहने टुंगो लागेको हो ।
काठमाडौं, १९ जेठ । जनता समाजवादी पार्टी नेपालले प्राइभेट बिलको रुपमा छुट्टटै संविधान संशोधन विधेयक दर्ता गराएको छ । जसपा नेताहरुले संघीय संसद सचिवालयमा सोमबार संशोधन विधेयक दर्ता गराएका हुन् ।
काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ नक्सालाई आधिकारिकता दिन गरिने संविधान संशोधनका क्रममा मधेशी दलको पनि माग पूरा गर्नुपर्ने बताएका छन् ।
काठमाडौं, १४ जेठ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताको विषयमा राजपा नेपालभित्रको विवादले अड्किएको बताएका छन् । राजपाका शीर्ष नेतृत्वमा पार्टी एकताका विषयमा एकरूपता नदेखिएकाले कुरा अड्किएको उनले बताए ।
काठमाडौं, ११ जेठ । नेपाल सरकारले नेपालको भूभागलाई समेटेर नयाँ नक्सा प्रकाशित गरि कार्यान्वयनको लागि संविधान संशोधन प्रकृयालाई अगाडि बढाएको बेला लोक दलले पाँचबुँदे माग अगाडि सारेको छ ।
काठमाडौं, १० जेठ । जनता समाजवादी पार्टीले संविधान संशोधन प्याकेजमै हुनुपर्ने बताएको छ । सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि संविधान संशोधन गर्ने संसदमा दर्ता गराएको प्रस्तावमा जसपाले मधेशको मुद्दा पनि सोही बमोजिम संशोधन हुनु पर्ने जनाएको छ ।
काठमाडौँ, १० जेठ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले सरकारले गर्न लागेको संविधान संशोधनको बारेमा थप छलफल गरेर अघि बढ्ने सहमति गरेको छ ।
काठमाडौं, १० जेठ । डा.मनोज मुक्ति विवेक नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा र लाक्पा तामाङ नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)बीच कार्यगत एकता भई “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” घोषणा भएको छ ।
काठमाडौं, ९ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री प्रभु साहले नागरिकता सम्बन्धी कानूनी अभाव र अन्यौलको अवस्थालाई निकास दिन माग गरेका छन् ।
काठमाडौं, ५ जेठ । जनता समाजवादी पार्टी नेपालका नेता तथा सांसद राजेन्द्र महतोले जनताको समस्या सम्बोधन गर्न छोडेर कुर्सी जोगाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको आरोप लगाएका छन् ।
काठमाडौं, ५ जेठ । जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले सरकार संघीयता धरापमा पार्ने षडयन्त्रमा लागेको बताएका छन् । आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा यादवले सरकारले अघि सारेका नीतिहरुले संघीयता धरापमा पर्ने जोखिम रहेको बताए ।
काठमाडौं, ३१ बैशाख । राष्ट्रियसभा सदस्य मृगेन्द्रसिंह यादवले दौरा सुरुवाल लगाउनेले गरेको सम्झौताले सीमा विवाद भइरहेको आरोप लगाएका छन् ।
काठमाडौं, २९ बैशाख । राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई गठन भएको जनता समाजवादी पार्टी नेपालको घोषणापत्र र अन्तरिम विधान तयार भएको छ ।
काठमाडौं, २९ बैशाख । नेपालको पश्िचमी सीमास्थित दार्चुलामा पर्ने लिपुलेक हुँदै भारतले सडक बनाएपछि विरोधको स्वर बढिरहेको बेला समाजवादी पार्टी नेपालले पनि आपत्ति जनाएको छ ।
काठमाडौं, २९ बैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भारतसँगको सीमा समस्या समाधानका लागि सर्वदलीय वार्ता टोली गठन गर्न सरकारलाई सुझाव दिएकी छन् ।
काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले भारतले दार्चुलाको लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणका विषयमा आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।
काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारलाई आग्रह गरेका छन् । महतोले कोरोना भाइरस महामारी भएका कारण त्यसलाई मजाकका रुपमा नलिन सुझाबसमेत दिएका छन् ।
काठमाडौं, २० बैशाख । सत्तासीन नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला चीनको चासो फेरि ह्वात्तै बढेको देखिएको छ । कोरोनाको संक्रमण भन्दा तेज गतीमा नेकपाका आन्तरिक खेमाहरु ध्रुविकृत हुँदै जाँदा उत्तरी छिमेकी चीनको नेपालमा गतिविधी ह्वात्तै बढेको हो ।
काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टीका युवानेता मिलनकान्छा किराँतीले नेपाली नागरिकमा नेगेटिभिटी बढेको बताएका छन् । उनले नेपाली राजनीति फोहर हुनुमा नेता र नागरिक दुबै उत्तिकै दोषी रहेको बताए ।