काठमाडौँ, १० जेठ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले सरकारले गर्न लागेको संविधान संशोधनको बारेमा थप छलफल गरेर अघि बढ्ने सहमति गरेको छ ।
काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार दुई पार्टीबीच भएको छलफलमा संविधान संशोधनको बारेमा थप छलफल गरी अघि बढ्ने समझदारी भएको हो ।
जसपा नेपालका नेताहरु संविधान संशोधन लगायतका विषयमा छलफल गर्न आएपनि र छलफल टुंगोमा पुगिसकेको छैन । सरकारले नयाँ नक्सा जारी गरेपछि त्यसलाई आधिकारिकता दिन संविधान संशोधन गर्न लागेको छ ।
त्यसमै अन्य विषय समावेश गरि एकैपटक संविधान संशोधन गर्नका लागि सरकारलाई दवाव दिन जसपाले काँग्रेसलाई आग्रह गरेको थियो ।
जवाफमा काँग्रेसले यस विषयमा आ–आफ्नो बैठकमा छलफल गर्ने र पुनः बैठक बसेर थप निर्णय गर्ने दुई दलबीच सहमति भएको छ ।
तपाईको प्रतिक्रिया