काठमाडौं, ७ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नागरिकतासम्बन्धी गरेको निर्णय विवेकहीन, साम्प्रदायिक र विभेदकारी रहेको टिप्पणी गरेका छन् ।
अध्यक्ष यादवले बुहारी र ज्वाईं बीच नागरिकताको विषयमा विभेद गर्न नहुने बताएका छन् । बुहारी विदेशी होस् वा स्वदेशी, नागरिकता जस्तो विषयमा विभेद गर्न नहुने यादवले भने, ‘नेकपाको यसखालको निर्णय सम्प्रदायको सद्भावलाई भड्काउने खालको छ ।’
जनता समाजवादी पार्टी नेपाल र काँग्रेसले नागरिकताको विषयमा हाल रहेको प्रावधानलाई यथावत राख्नु पर्ने धारणा राख्दै आएको छ ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नागरिकता सम्बन्धी संसदमा विचाराधीन रहेको विधेयकबारे कुनै निर्णय लिनुभन्दा पहिले काँग्रेससँग पनि छलफल गर्ने भनेका थिए ।
तपाईको प्रतिक्रिया