काठमाडौं, ८ असार । राजपा नेपालले वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने सत्तारूढ नेकपाको निर्णयको विरोध गरेको छ ।
नेकपाको उक्त निर्णयले नेपाल–भारत सम्बन्धमा आघात पु¥याउने राजपाको ठहर छ ।
पार्टी नेता महन्थ ठाकुरको अध्यक्षतामा बसेको दलको बैठकले नेकपाको सचिवालयले शनिबार गरेको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बैठकपछि नेता ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपाले नेपाली नागरिकले विदेशी महिलासँग विवाह गरेमा निजले नेपालको नागरिकता प्राप्त गर्न सात वर्ष लाग्ने व्यवस्थाले निजको आर्थिक, वैयक्तिक उन्नति, सम्पत्ति प्राप्तिमाथिको अधिकार एवं अन्य अवसरहरूबाट बञ्चित हुनुपर्ने देखिन्छ ।’
नेकपाको उक्त निर्णयले नेपाल भारतबीच सदियौंदेखि रहेको सामाजिक, सांस्कृतिक तथा विहावारीको सम्बन्धलाई आघात पु¥याउने निश्चित रहेको विज्ञप्तीमा जनाइएको छ ।
‘भारतसँग रोटीबेटीको सम्बन्धलाई ठेस पु¥याउने र यसले दुबै देशको करोडौं नागरिक प्रभावित हुने साथै महिला महिलाबीच विभेदसमेत हुने हुँदा यो हामीलाई कदापी स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ यस्तो निर्णयले हाम्रो देशको सामाजिक, साँस्कृतिक मूल्यमान्यताहरूमा खलल पुग्ने तथा सामाजिक सद्भावमा समेत आघात पुग्ने हुँदा उक्त निर्णयप्रति हामी दुखी छौं ।’ राजपाले नेकपालाई निर्णय पुनर्विचार गर्नसमेत आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया