काठमाडौं, १० जेठ । जनता समाजवादी पार्टीले संविधान संशोधन प्याकेजमै हुनुपर्ने बताएको छ । सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि संविधान संशोधन गर्ने संसदमा दर्ता गराएको प्रस्तावमा जसपाले मधेशको मुद्दा पनि सोही बमोजिम संशोधन हुनु पर्ने जनाएको छ ।
जसपाका नेता उपेन्द्र यादवले सोही संशोधनमा मधेशी, आदिवासी जनजाति, मुस्लिम लगायतले माग गरेको संविधान संशोधनको विषयलाई पनि समेट्नु पर्नेमाग गरे ।
उनले भने, ‘आवश्यकता अनुसार संविधान संशोधन गर्नु ठीक हो तर पटक पटक संशोधन गर्नुभन्दा एकैपटक प्याकेजमै संशोधन गर्दा राम्रो हुन्छ ।’ संविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ ।
तपाईको प्रतिक्रिया