सर्लाही, १२ असार । नेपाली काँग्रेसले सर्लाहीको लालबन्दी नगरपालिकाको आयोजित छैटौँ नगर सभा बहिष्कार गरेको छ ।
जनताका माग र आवश्यकता सम्बोधन गर्नुको साटो मेयर केन्द्रित बजेट ल्याइएको आरोप लगाउँदै काँग्रेसले नगर सभा बहिष्कार गरेको हो ।
काँग्रेस लालबन्दी नगर समितिले पत्रकार सम्मेलन गरेरै नगर सभा बहिष्कारको घोषणा गरेको हो ।
काँग्रेस लालबन्दीका नगर सभापति प्रशान्त आचार्यले समुदायको आवश्यकता भन्दा पनि व्यक्तिले कसरी पैसा बचत गर्न सक्छ ?, आफ्ना कार्यकर्ताले कसरी नाफा कमाउन सक्छन् ? भन्नेतर्फ केन्द्रित रहेर बजेट ल्याइएकोमा आफूहरूको आपत्ति रहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा सभापति आचार्यले जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नगरको कुनै पनि किसिमको हरहिसाब, महालेखाको बेरुजु र पेस्की हिसाब सार्वजनिक नगर्नुले शङ्का उब्जाएको बताएका छन् ।
तपाईको प्रतिक्रिया