तीन सय परिवारलाई लालपुर्जा

राजनीति

4/22/2021

महोत्तरी, ९ बैशाख । बर्दिवास नगरपालिका–७ का करिब तीन सय घरपरिवारले जग्गाको लालपुर्जा पाएका छन् । पुस्तौँदेखि जग्गामा बस्दै आए पनि उनीहरूले धनीपुर्जा पाएका छन् ।

यसअघि ती जग्गा गाउँ ब्लकको नाममा रहेको थियो । पाँच वर्षअघि नै नापनक्सा भइसकेर प्रमाणित सरकारी कागजात जग्गाधनीले पाएका हुन ।

साविकमा किसान नगर र पशुपति नगर दुई छुट्टाछुट्टै गाउँ रहेकोमा देश संघीयतामा गएपछि वडा नम्बर ६, ७ र ९ लाई एउटै वडा बनाइएको थियो ।

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रकुमार साहले यो क्षण लालपुर्जा पाउनेहरूका लागि अति मूल्यवान भएको बताए ।

उनले आफ्नै जग्गा भएर पनि जग्गाको प्रमाणित कागजात नहुँदा स्थानीयले पुस्तौँदेखि कागजात अभावमै भोग्नुपरेको विभिन्न समस्याको समाधान भएको उल्लेख गरे ।

मन्त्री साहले गाउँ ब्लकको जग्गा वडावासीहरूले पाएको र अधिकांश वडावासी कृषि पेसामै भएकोमा मन्त्रालयबाट कृषिसम्बन्धी सम्पूर्ण सेवासुविधा लिनसमेत आग्रह गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ