काठमाडौं, १७ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन् ।

जनकपुरधाम, १६ असोज । नेकपा एमाले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन भएका छन् । मण्डल यसअघि पनि दलको नेता थिए ।

जनकपुर, १४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वराजपाबाट आएका नेताहरूलाई तत्काल प्रदेश समितिमा समायोजन गरी समायोजित प्रदेश समिति घोषणा गर्ने निर्णय गरेको छ ।

जनकपुरधाम, ११ असोज । समाजवादी लोकतान्त्रिक पार्टी(लोसपा)ले प्रदेश २ को संसदीय दलको विधान पारित गरेको छ । जनकपुरमा सोमबार बसेको लोसपा प्रदेश सांसदहरुको बैठकले विधान पारित गरेको हो ।

काठमाडौं, ११ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् ।

जनकपुरधाम, ७ असोज । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी धनुषाको अध्यक्षमा रामचन्द्र पण्डित चयन भएका छन् ।

काठमाडौं, ७ असोज । जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने बताएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवले बताए ।

जनकपुरधाम, १ असोज । नेकपा एकीकृत समाजवादीले प्रदेश २ मा संगठन निर्माणलाई तीव्रता दिने भएको छ । पार्टीको प्रदेश संगठन कमिटीको बसेको बैठकले संगठनको कामलाई तीव्रता दिने निर्णय गरेको हो ।

काठमाडौं, २७ भाद्र । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको सत्तारुढ दलकै नेताहरु बताउँछन् ।

काठमाडौं, २६ भाद्र । कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिसंग कारोवार गरे वापतको रकम नतिरेपछि प्रहरीको मोस्ट वान्टेट सूचीमा परेका चितवन कांग्रेस कार्यकर्ता दीपक अधिकारीलाई पक्राउ गर्न प्रहरीले टोली परिचालन गरेको छ ।  

धनगढी, २५ भाद्र । प्रतिनिधिसभा विघटनपछि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कैलालीमा गठन गरेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा परिणत भएको छ ।

जनकपुरधाम, २० भाद्र । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राजनीतिक दल नभई केपी शर्मा ओलीको मतियार भएको आरोप लगाएका छन् ।

जनकपुरधाम, १९ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादवले मधेशभन्दा पनि जातिवादी विषपूर्ण राजनीतिलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।

जनकपुरधाम, १७ भाद्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गतेपछि सरकारले पूर्णता पाउने बताएका छन् ।

काठमाडौं, १८ भाद्र । मधेशको अधिकारको लागि लड्ने प्रतिवद्धता गरी मधेशी जनताको मत लिएर संसदसम्मको यात्रा गर्ने मधेशी दलहरु आफू आफूबीच नै लड्दा मधेशको माग र अधिकार संकुचित भएको छ ।

भैरहवा, १४ भाद्र । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्य पुनः संरचना सच्याउन आवश्यक भएको बताएका छन् ।

वीरगन्ज, १२ भाद्र । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले खड्गप्रसाद ओलीले ‘कु’ गर्न खोजेको भन्दै महन्थ ठाकुर र राजेन्द्र महतो प्रतिगमनको मतियार भएको आरोप लगाएका छन् ।

काठमाडौं, ११ भाद्र । जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष उपेन्द्र यादवले केपी ओली र महन्थ–महतो समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन् । 

काठमाडौं, ११ भाद्र । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उत्पीडित, उपेक्षित तथा सीमान्तकृत जनसमुदायको उत्थान र विभेदबाट उन्मुक्ति नै आफ्नो पार्टीको अभियान रहेको बताएका छन् ।

काठमाडौं, ११ भाद्र । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिको पदमा उम्मेद्वारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले काठमाडौं थापागाउँस्थित सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

नेपालगन्ज, ९ भाद्र । स्वतन्त्र राजनीतिक समूहका संयोजक तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले पनि नयाँ पार्टी खोल्ने भएका छन् ।

काठमाडौं, ९ भाद्र । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको रक्षाको लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाडै नै सरकारमा सहभागी हुने बताएका छन् ।

काठमाडौं, ९ भाद्र । महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीको वैधताका लागि सो दलमा रहेका सांसद तथा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुले बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।

काठमाडौं, ८ भाद्र । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा दुई जिल्लाका पाँच निर्वाचन क्षेत्रका नयाँ क्रियाशील सदस्यले भाग लिन नपाउने भएका छन् ।

काठमाडौं, ७ भाद्र । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रादेशिक कार्यकता भेला सञ्चालन गर्ने भएको छ । भदौ १ र २ गते बसेको पार्टी केन्द्रीय समितिको बैठकको निर्णय बमोजिम प्रादेशिक भेला हुने भएको हो ।

ट्रेन्डिङ