भदौ २२ पछि जसपा सरकारमा : उपेन्द्र यादव

राजनीति

जनकपुरधाम, १७ भाद्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गतेपछि सरकारले पूर्णता पाउने बताएका छन् ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भदौ २२ गतेपश्चात् सरकारमा आफ्नो दल सहभागी हुने बताए । 

गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद नरहेको उनले जानकारी गराए । गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको भन्दै उनले सरकार सञ्चालनका विषयमा शीर्ष नेताबीच छलफल भइरहेको बताए ।

लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न भएको खेललाई पाँचदलीय गठबन्धन बनेको र उद्देश्य पूरा नहुञ्जेलसम्म गठबन्धन रहिरहने उनको भनाइ छ । समतामूलक समाज स्थापना नभएसम्म आफ्नो पार्टी संघर्ष गरिरहने उनले बताए ।

उनले महन्थ ठाकुरलाई अरु कसैले प्रयोग गरिरहेको आरोप पनि लगाए । अध्यक्ष यादवले आफ्नो पार्टीले महन्थ नेतृत्वको लोसपासँग कुनै प्रतिस्पर्धा नहुने जिकिर गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ