काठमाडौं, २२ असोज । जनता समाजवादी पार्टी नेपालले राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टीलाई सरकारमा सहभागी गराउने भएको हो ।
जसपाबाट श्रेष्ठ, रेणु यादव, रामसहायप्रसाद यादव र महिन्द्र राय यादव मन्त्री बन्ने तय भएको हो । जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।
जसपाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय श्रेष्ठलाई दिने निर्णय भएको जनाएको छ ।
यस्तै रेणुले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र महिन्द्रले कृषि तथा पशुपंक्षी मन्त्रालय सम्हाल्ने गरी जसपाले निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया