एकीकृत समाजवादीले प्रदेश २ मा संगठन निर्माणलाई तीव्रता दिने

राजनीति

जनकपुरधाम, १ असोज । नेकपा एकीकृत समाजवादीले प्रदेश २ मा संगठन निर्माणलाई तीव्रता दिने भएको छ । पार्टीको प्रदेश संगठन कमिटीको बसेको बैठकले संगठनको कामलाई तीव्रता दिने निर्णय गरेको हो ।

१० दिनभित्र वडा र जिल्ला कमिटी बनाउने निर्णय भएको एकीकृत समाजवादी प्रदेश २ संसदीय दलका नेता शत्रुधन महतोले जानकारी दिए ।

उनका अनुसार पहिलाको समानान्तर कमिटीलाई रुपान्तरण गर्ने र कमिटी नबनेको ठाउँमा बनाउने निर्णय भएको छ ।

बैठकमा प्रदेश सरकारमा सहभागी हुने विषयमा पनि छलफल भएको महतोले बताए । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश व्यवस्थित हुनेबित्तिकै सरकारमा जाने विषयमा छलफल भएको उनको भनाइ छ ।

मन्त्रालय टुंगो लगाउने विषयमा मुख्यमन्त्रीसँग छलफलका लागि बैठकले महतोलाई जिम्मेवारी समेत दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ