एकीकृत समाजवादीको धनुषा अध्यक्षमा पण्डित

राजनीति

जनकपुरधाम, ७ असोज । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी धनुषाको अध्यक्षमा रामचन्द्र पण्डित चयन भएका छन् ।

पार्टीको अगुवा कार्यकर्ता भेलाले पण्डितको नेतृत्वमा २ सय १ सदस्यीय समिति घोषणा गरेको छ ।

अध्यक्ष पदमा नियुक्त भएका पण्डित एमालेमा निर्वाचित उपाध्यक्ष थिए भने करिब दुई महिना पहिले उनलाई अध्यक्ष तोकिएको थियो ।

त्यस्तै, उपाध्यक्षमा शीतल साह चयन भएका छन् । उनी नेपाल पत्रकार महासंघको पूर्वकोषाध्यक्ष हुन् । त्यस्तै, सचिवमा सोमप्रसाद शर्मा र उप–सचिवमा राजकुमार यादवलाई चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ