जनकपुर, १४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वराजपाबाट आएका नेताहरूलाई तत्काल प्रदेश समितिमा समायोजन गरी समायोजित प्रदेश समिति घोषणा गर्ने निर्णय गरेको छ ।
जनकपुरमा बसेको जसपा प्रदेश समितिको बैठकमा प्रदेश लगायत स्थानीय तह र भ्रातृ संगठनबीच समायोजन गर्ने जिम्मेवारी प्रदेश अध्यक्ष विजय यादवलाई दिएको छ ।
प्रदेश समितिमा आवश्यकताअनुसार थपघट, फेरबदल, विस्तार र पुनर्गठन गरी पूर्वराजपा नेपालबाट आएका सदस्यलाई मधेश प्रदेश समितिमा समायोजन गरी समायोजित प्रदेश समितिको घोषणा गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई दिइएको हो ।
तपाईको प्रतिक्रिया