अध्यादेश फिर्ता नभएसम्म सरकारमा जान सकिँदैन, जसपा फुट्न सक्छ : यादव

राजनीति

काठमाडौं, २७ भाद्र । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको सत्तारुढ दलकै नेताहरु बताउँछन् ।

सत्तारुढ जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले अहिलेकै अवस्थामा सरकारमा जाँदा पार्टी पुनः विभाजन हुनसक्ने बताएका छन् ।

उनले सरकारले अध्यक्ष फिर्ता लिएपछि मात्रै जसपा सरकारमा सहभागी हुने बताए । ‘राजनीतिक दलसम्बन्धी अध्यादेशका जसपा पुनः फुट्न सक्छ,’ उनले भने ।

आइतबार मधेशवाणी रेडियो कार्यक्रममा पत्रकार रामसुकुल मण्डलसँग कुराकानी गर्दै नेता यादवले भने, ‘दलसम्बन्धी विधेयकका कारण सरकार विस्तार हुन सकिरहेको छैन । यो विधेयकले सत्तादलहरुलाई अप्ठ्यारो पर्न सक्छ ।’

उनले भने, ‘यो अध्यादेश आउँदा हामीले पनि विरोध नै गरेका थियौं । त्यो विधेयकका कारण हाम्रो दल पनि फुट्यो र अहिले सरकारमा गयौं भने फेरि पनि फुट्न सक्छ ।’

उनले आफूहरुको इच्छाले राजनीतिक दलसम्बन्धी विधेयक नआएको पनि प्रष्ट्याए । ‘मन्त्री बनाइएन भने सांसदहरुले जे पनि गर्न सक्छन्’ उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ