काठमाडौं, १७ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन् ।
हालै लोसपा परित्याग गरेका लेखी गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन आइतबार एमाले प्रवेश गरेका हुन ।
उनीसँग ५५ जना पनि एमाले प्रवेश गरेका हुन् । लेखी नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत हुन् ।
पहिलो संविधानसभा विघटन भएपछि एमाले छाडेका उनले आफ्नै नेतृत्वमा नेपाल नागरिक पार्टी पनि गठन गरेका थिए ।
त्यसपछि पार्टीलाई राजेन्द्र महतोको सद्भावना पार्टीसँग एकता गरे । पछिल्लो पटक जनता समाजवादी पार्टी विभाजित हुँदा उनी महन्थ ठाकुर पक्षमा लागेका थिए ।
एमाले प्रवेश गर्नुअघि उनले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका थिए ।
यस्तै, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।
तपाईको प्रतिक्रिया