जसपाको आधिकारिकता विवाद : निर्वाचन आयोगमा हेड काउण्ट सम्पन्न

रेशम चौधरी तटस्थ, आयोगको निर्णय आउन बाँकी

राजनीति

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी नेपालको आधिकारिकताका लागि निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समितिको हेडकाउण्ट सम्पन्न भएको छ ।

आधिकारिकताको माग दाबी गरेका अध्यक्ष उपेन्द्र यादवको पक्षमा दुई तिहाइभन्दा बढी सदस्यहरुले हस्ताक्षरले गरेका छन् ।

यता, अर्का अध्यक्ष महन्थ ठाकुर अल्पमतमा परेका छन् । ठाकुरको पक्षमा १६ जनाले मात्रै सनाखत गरे । ठाकुर पक्षका धेरै सांसदहरुले यादव पक्षमा हस्ताक्षर गरेका हुन् ।

निलम्बित सांसद तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य रेशम लाल चौधरीले ठाकुर वा यादवमध्ये कसैको पक्षमा हस्ताक्षर गरेनन् । उनी तठस्त बसे ।

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले नै पाउने लगभग निश्चित भइसकेको छ । उपेन्द्र यादवले आफूले नै पाउने दाबी पहिलादेखि नै गर्दै आएका छन् ।

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ