काठमाडौं, १ भाद्र । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुले भेटवार्ता गरेका छन् ।
नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायतले प्रधानमन्त्री देउवासँग मंगलबार भेटवार्ता गरेका हुन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेताहरुले प्रधानमन्त्री देउवासँग मधेशका माग र मुद्दा सम्बोधनको प्रक्रियाबारे चासो व्यक्त गरेका थिए ।
भेटमा जसपाका नेताहरुले नागरिकतासम्बन्धी विधेयक, मधेश आन्दोलनका मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधनलगायत माग सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रत्युतरमा प्रधानमन्त्री देउवाले आफूले संसदमा विश्वासको मत लिने बेलामा मधेशका माग सम्बोधन गर्ने सम्बन्धमा प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै सरकार व्यवस्थित भएपछि माग सम्बोधन प्रक्रिया अघि बढ्ने बताए ।
तपाईको प्रतिक्रिया