आगामी रणनीतिबारे छलफल गर्दै महन्थ ठाकुर पक्ष

राजनीति

काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता उपेन्द्र यादवले पाएपछि महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढने भन्ने विषयमा आफूहरुबीच छलफल सुरु भएको बताइएको छ ।

यसैगरी, ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने एक नेताले बताए ।

ठाकुर पक्षले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाई दिएको आरोप लगाउँदै आएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ