चित्तबुझ्दो जवाफ नदिएको भन्दै प्रदेशसभा सदस्यलाई निष्काशन गरेको पत्र प्रदेशसभा सचिवालयलाई

राजनीति

रुपन्देही, १४ साउन । लुम्बिनी प्रदेशका तीन सांसदलाई निष्काशन गरेको पत्रमार्फत् जनता समाजवादी पार्टी नेपालले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।

सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका छन् ।

जसपाले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएकोले अनुशासनको कारबाही गरिएको लुम्बिनी प्रदेशका संसदीय दलका नेता सहसराम यादवले पत्रमा उल्लेख गरेका छन् ।

पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको यादवले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ