इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम – २ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी भएका छन् ।
नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका छन् भने रास्वपाका मिलन लिम्बु योङहाङले ५ हजार ५० मत ल्याए । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरे ।
नेकपा एमाले उपाध्यक्ष सांसद संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम–२ मा उपनिर्वाचन भएको हो ।
तपाईको प्रतिक्रिया