काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।
रास्वपाको बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा आवश्यक परिमार्जन तथा संशोधनका लागि कार्यवाहक महामन्त्री बुर्लाकोटीसहित ११ सदस्यीय कार्यदल गठन गरेको हो ।
उक्त कार्यदलको सदस्यमा सोविता गौतम, गणेश कार्की, डा तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम, डा नारायण घिमिरे र शङ्कर श्रेष्ठ छन् ।
बैठकको निर्णयबारे जानकारी दिँदै कार्यवाहक प्रवक्ता मनिष झाले भदौको दोस्रो सातामा कर्णाली अभियान कार्यक्रम सञ्चालन गर्ने बताए । उक्त अभियान सहमहामन्त्री विपिन आर्चायले संयोजन गर्नेछन् ।
बैठकले पार्टीको पदाधिकारी र नेतृत्वमा रहेका सदस्यलाई रणनीतिकरुपमा सक्षम बनाउन सघन प्रशिक्षणका लागि ‘क्लोज क्याम्प’ आयोजना गर्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया