डा. सीके राउतको मधेश र देशप्रतिको त्याग, बलिदान र योगदान आजको अचानक होइन, उहाँले मधेशका पार्टी र नेताहरुलाई दशकौं पहिलादेखि नै एकजुटताका लागि कोसिस र प्रयासहरु गर्दै आउनुभएको थियो ।
तर मधेशका नेताहरुको सत्तास्वार्थको अदूरदर्शी सोंचको कारण मधेश र देशका विभिन्न आदिवासी जनजातिहरुको समस्या झन् विकराल हुँदै गएको छ । डा. राउत २०६३ फाल्गुन ७ गते आजाद, केन्द्रीय समिति सदस्यको छद नामबाट जारी वक्तब्य मार्फत नेताहरुलाई सचेत गराउँदै आएका छन् ।
डा. राउतको अनुसार “प्रधानमन्त्रीद्वारा जारी गरिएका सम्बोधनहरु देखावटी सविधान शंसोधन मधेशीहरुलाई अल्झाईराख्ने र मधेशीहरुको आवाज दवाउने एउटा षड्यन्त्र बाहेक केहि होइन ।
शासक वर्गले मधेशीहरुको मागलाई सदाका लागि आफ्नो पैताला मुनि कुल्चन चाहन्छ । मधेशीहरु फेरि देश र शासन संयन्त्रको अगाडी भिखारीसरह हुन्छन् । अगाडी डा. राउत सचेत गराउँदै भन्नुभएको थियो कसैले नयाँ राजनीतिक परिवेशमा चुनावद्वारा मधेशको भाग्य फेर्ने स्वप्न देख्छ भने, उहाँहरुलाई चाडैं नै उक्त दिवास्वप्नबाट ब्युझ्न आग्रह गर्दछु ।
नयाँ राजनीतिक परिवेशमा मधेशलाई कैयौं टुक्रामा विभाजित गरिने कुरा सुनिश्चित छ । राज्यसत्ताको अंशबण्डाका कुरामा लागिनु गलत हो ।
यस प्रकार डा.सीके राउत मधेश मधेशी र अपमानित जीवन जीउन विवशमा परेका जनताहरुको भविष्यको विषयमा लामो भिजनका साथ राजनीतिक विश्लेषण गरि सम्पूर्ण पार्टी तथा नेताहरुलाई सचेत तुल्याउन लिखित र मौखिकरुपमा जानकारी गराउँदा उल्टै नेताहरुले डा. राउतलाई हामीहरुलाई कमजोर पार्न, एकता भंग गर्न परिचालित मानिस भएको आरोप लगाउनु नेताहरुको जनताप्रतिको नियती साफ नएको प्रष्ट हुन्छ ।
अतः डा. राउतको भविष्य प्रतिको आँकलन यथार्थ १० वर्ष बितिसक्दा पनि सत्य सावित छ ।
(खान जनमत पार्टीका केन्द्रीय सदस्य हुन् ।)
तपाईको प्रतिक्रिया