काठमाडौं, २७ माघ । नेपालको दोस्रो ठुलो ब्यापारीक साझेदार भएर पनि चीनसँगका ब्यापारीक नाका लामो समयदेखि वन्द छन् । ०७२ सालको भूकम्पपछि तातोपानी भन्सार सुस्त छ । भुकम्पपछि भौतिक संरचना र सडक सञ्जाललाई देखाएर आयात–निर्यातमा कडाई गरेको चीनले कोरोना संक्रमणपछि त्यसमा अझै कडाई गरेको छ ।
यति मात्र होईन चीनले नेपालीसँगको सम्वन्ध नै टुटाउने प्रयास गरिरहेको छ। तिब्वतको खासामा वसोवास गर्ने चीनियाँ नागरिक र नेपाली नागरिकका बीचमा रोटीवेटीको सम्वन्ध थियो। केहि समय अघिसम्म खासामा चीनियाँ नागरिकको एउटा वस्ति थियो। अहिले त्यो वस्ति उठाएर करिव ८ सय किलोमिटर टाढा सिगात्सेमा पुर्याईएको छ। उनीहरु खासा आउन चाहिरहेका छन्, तर दिएको छैन । नेपालीहरुसँग उनीहरुको सम्वन्ध छुटाउनकै लागि अहिले नाकामा अवरोध गरिएको पनि कतिपयको विश्लेषण छ।
तातोपानी नाका रहेको भोटेकोशी गाउँपालिका ४ का वडाध्यक्ष साङ दोर्जे सेर्पाका अनुसार खासामा वस्ती हुँदासम्म नेपालीहरुसँग दोहोरो सम्बन्ध थियो। उनीहरुलाई त्यहाँबाट उठाएर अहिले धेरै माथि पुर्याएको छ। ‘म जनप्रतिनिधि भएको नाताले मैले सोधपुछ गर्नुपर्छ। वहाँहरुका आफन्तसँग मैले भेटेको पनि छु। मैले वहाँका आफन्तसँग भेटदाखेरी उनीहरुको आफन्तसँग फोनमा चै कुराकानी हुने गरेको जानकारी पाएँ।’ सेर्पाले भने–‘उनीहरुलाई त्यहाँ वोल्न पनि नदिएर बन्धक जस्तै वनाएर राखिएको छ। खासा भनेको उनीहरुको थातथलो हो। उनीहरुको जिजुवाजेदेखि वसेको ठाउँ हो त्यो। त्यो ठाउँमा हामी फर्केर जान्छौ, त्यहाँ पुर्याईदिनोस, हामीलाई अरु केही चाहिन्न’ भन्दा चाईनिजले राती आएर हप्काउने, वन्दुक देखाउने ‘फेरी वोल्यौ भने कारवाही गर्छौ, तिमीहरु वढ्ता नवोल, चुप लागेर वस भनेर थर्काउने गरिरहेका रहेछन्।’
वडाध्यक्ष सेर्पाका अनुसार उनीहरुलाई त्यहाँबाट लाँदाखेरी नै पछि ल्याई दिन्छौं भनिएको थियो । चिसो ठाउँमा वसेका खासाका मान्छेलाई सिगात्सेमा पुर्याएपछि गर्मीले वस्न असहज छ। अक्सिजन पनि कम भयो। खासामा उनीहरुको वसाई र खान्की जस्तो थियो, त्यो माथि मिलेन। त्यसपछि कतिपयले हामीलाई हाम्रो ठाउँमा फर्काई देउ भनेर आन्दोलन गरे। करिव दुई वर्षअघिको घट्ना हो यो। त्यो आन्दोलन दवाउन कतिपयलाई गायव वनाएको मैले पनि सुनेको छु। करिव १०÷१५ जना मान्छे गायव वनाएको छ भनिन्छ। त्यसको डरले अरु मान्छे वोल्न सकेका छैनन्। जे भनेपनि सुन्नु परेको छ। उनीहरुलाई वन्दी वनाएर राखेको छ भनेर भन्छन् यहाँका मानिसहरु ।
कम्युनिष्टले तानासाही प्रवृत्ति देखाए
मान्छेलाई यसरी बन्धक वनाउनु, आफनो कुरा लागु गराउन डर धम्की दिनु र अटेर गर्नेलाई वेपत्ता वनाउने भनेको कम्युनिष्टहरुको तानासाह प्रवृत्ति हो। नेपालमा पनि कम्युनिष्टहरु छन्। यो विषयमा उनीहरुले पनि कुरा वुझ्नु पर्ने जरुरी छ। नेपालका चेलिवेटीहरुलाई जुन तरिकाले माथि वन्दी वनाएको छ, उनीहरु स्वतन्त्र छैनन। केसम्म गरिएको छ भने, कतिपय नेपाली दाजुभाईहरु समेत खासा तिरकै चेलिवेटी विवाह गरेर उतै पसल गरेर वसेका थिए। ति मान्छेलाई समेत माथि लगेर राखेको छ। उनीहरुलाई काठमाण्डौं पनि आउन दिएन। पछि घर पुगेर आउछु भनेर एक जना चै के–के मिलाएर फुत्किएछन्। उनी काठमाण्डौं आए। अहिले उसलाई चाईना जान पनि दिदैन, उसका श्रीमती र वालवच्चालाई यता आउन पनि दिदैन। उ अहिले एक्लै यता भौतारिएर वसेको छ।
विवाहका नाममा यौन शोषण
चीनियाँहरुले नेपाली चेलिबेटीलाई चाईना पुर्याएर यौन शोषण गर्ने गरेको पनि वडाध्यक्ष सेर्पाले दावी गरेका छन् । प्रेम र विवाहको भ्रममा पारेर चेलिबेटी लगेर यौन ब्यवासयमा संलग्न गराउने गरेका घटना पनि जानकारीमा आएको उनले वताए । ‘भोटेकोशी गाउँपालिका ४ कै एउटा वहिनी हो। एउटा चाईनिजले विवाह र पैसाको लोभ देखाएर चाईना लगेछ। एउटा वच्चा जन्मेपछि दुःखको काम लगाउने, यौन शोषण गराउने अनि आफु चै गर्लफ्रेण्ड वनाएर हिडने। उनले भने–‘दुई ÷तीन वर्षपछि ती वहिनी भागेर नेपाल आईन र आफुमाथि भएको घट्ना सुनाईन। आफनै ज्यान वचाउन सकस परेपछि उनले वच्चा समेत उतै छोडेर आएकी छिन्।’ चाईनिजले हाम्रा चेलिवेटीलाई वेच्न लगेको जस्तो ब्यवहार गरिरहेको र त्यो गलत भएको उनले दावी गरे। (नेपालआजबाट)
तपाईको प्रतिक्रिया