इटहरीमा ज्येष्ठ नागरिक महोत्सव सम्पन्न

समाचार

10/2/2018

सुनसरी, १५ असोज । जेष्ठ नागरिक समाज सुनसरीले इटहरीस्थित रङ्गशालामा एकदिने ज्येष्ठ नागरिक महोत्सव सम्पन्न गरेको छ ।

महोत्सवको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले उद्घाटन गर्दै सभामुख भण्डारीले समाजका ज्येष्ठ नागरिक पथप्रदर्शक हुने भएकाले उहाँहरूको उचित सम्मान र उपयोगमा राज्यले ठोस नीति बनाउन जरुरी रहेको बताए ।

प्रदेश उपसभामुख सरस्वती पोख्रेलले ज्येष्ठ नागरिको सम्मान र आदर गर्नु आफ्नो पनि सम्मान हुने भएकाले त्यस विषयमा समाजले सकारात्मक धारणा बनाएर ठोस नीति बनाउन जरुरी रहेको बताइन् ।

महोत्सवमा ज्येष्ठ नागरिकद्वारा बालन भजन कीर्तन आदि प्रस्तुत गर्नाका साथै ८० वर्षमाथि साहित्यिक कृतिका प्रकाशक कविमान बज्राचार्यलगायतलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ