उपेन्द्र यादवसहित प्रहरी/प्रशासनमाथि कारबाहीको माग गर्दै अनिश्चितकालीन अनसन बस्दै

समाचार

9/28/2018

बाँके, ११ असोज । प्रहरी हिरासतमा मृत्यु भएका बाँकेको जानकी गाउँपालिका ६ कपासीका राममनोहर यादवको परिवार तथा स्वतन्त्र मधेश गठबन्धनले अनिश्चितकालीन अनसन बस्दैछ ।

बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना ६ बुँदे मागसमेत सार्वजनिक गर्दै शुक्रबारदेखि बाँके जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना तथा अनसन बस्ने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा प्रहरीले शारीरिक तथा मानसिक यातना दिई यादवको हत्या गरेको गठबन्धनको आरोप ।

गत भाद्र ७ गते उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा बर्दियामा भएको कार्यक्रममा उपस्थित हुँदा यादवसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

गठबन्धनले अधिकार सम्पन्न न्यायिक छानबिन समिति गठन गर्नुपर्ने, शहीद घोषणा गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, सन्तानको शिक्षादीक्षासहित परिवारको सम्पूर्ण स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

यादवको हत्या गरिएको दावी गर्दै हत्यामा संलग्न उपप्रधानमन्त्री उपेन्द्र यादव फोरमका नेता कृष्णप्रसाद यादवसहित बर्दियाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कानुनी कारबाहीको मागसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ