काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
उनले एक शुभकामना सन्देशमार्फत जितिया पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।
यो पर्व महिलाले निराहर व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गरी मनाउने गर्दछन् ।
विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक अनेकन धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परामध्ये जितिया पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उनले उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया