कपिलवस्तु, ९ असोज । यशोधरा गाउँपालिकास्थित सुठौली भन्सार कार्यालय संचालनमा आएको छ । सोमबार अर्थमन्त्री युवराज खतिवडाले भन्सारको उद्घाटन गर्दै सरकारको नीति तथा कार्यक्रम अनुसार भन्सारको स्तरोन्नती गरिएको बताए ।
उनले समग्र आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासमा यसले टेवा दिने समेत बताए । सरकारले आर्थिक क्षेत्रको विकासका लागि विभिन्न लगानी मैत्री कार्यक्रमहरु बनाइरहेको समेत उनले बताए । छोटी भन्सारका रुपमा संचालन हुँदै आएको सुठौली भन्सार कार्यालयमा विधिवतरुपमा अनलाईन सेवा मार्फत निकासी पैठारी सुरु भएको छ । सरकारले गत साउनमा सुठौलीसहित नेपालमा ३४ भन्सार कार्यालय भएका छन् । देशका ५ साना भन्सारलाई स्तरोन्नति गरेको थियो ।
कार्यक्रममा सांसद बृजेश कुमार गुप्ताले भन्सार कार्यालयका रुपमा स्तरोन्नति गरिरहेको सुठौलीमा अध्यागमन काार्यालय समेत खडा गर्नु पर्ने माग गरे । उनले यो व्यापारिक नाकालाई भारतबाट बुद्धस्थल भ्रमणमा आउने नाकाका रुपमा समेत विकसित गर्दै लानु पर्ने बताए ।
त्यस्तै अर्का सांसद अभिषेक प्रताप शाहले कृष्णनगर नाकालाई तेस्रो मुलुकबाट समते आयात निर्यात गर्ने गरी प्रकृया अघि बढाउनु पर्ने बताए । भन्सार बिभागका महानिर्देशक तोयम रायाले सुठौली भन्सारको पुर्वाधरा विकासकालागि बजेट छुट्टाइएको बताए ।
उनले अब जग्गा खरिद गरी भवन लगायतका पुर्वाध।ार विकास गरिने बताए । ब्यस्त रुपन्देहीको बेलहिया नाकाले गर्दा मर्कामा परेका ब्यपारीहरुलाई सुठौली नाकाले केही सहतजा थपेको तौहिलाव उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले बताए ।
पर्यटकहरु कपिलवस्तु नआई उतैबाट फर्किने गरेका छन् । बाटोघाटो, प्रचारप्रसारको अभावले गर्दा प्राचीन कपिलवस्तुमा निकै कम पर्यटक आउने गरेका छन् । यस्तोमा सुूठौली नकाको संचालनमा आएको छ ।
अब त्यही नाकाबाट पर्यटकलाइए छिराउन सकिए बेलहियामा चाप कम हुने र प्राचीन कपिलस्तुको विकासमा समेत मद्दत मिल्ने पुर्व राजदुत दीपकुमार उपाध्यायले बताए ।
कार्यक्रममा प्रदेश नम्बर ५ का सदस्य धरम बहादुर श्रीवास्तव, चन्द्रौटा उद्याग बाणिज्य संघका अध्यक्ष जमसेर अली मिया, चन्द्रौटा ब्यापरा संघका अभध्यक्ष माहादेव पोखेल लगतयले शुभकामना मन्तब्य दिएका थिए ।
तपाईको प्रतिक्रिया