चिल्ड्रेन पार्क छिटै सञ्चालनमा आउने : मेयर गुप्ता

समाचार

9/16/2018

राकेश यादव, रौतहट, २७ भाद्र । गौर नगरपालिकाले कार्यालय नजिकै बालबालिकाहरुका लागि बनाइएको चिल्ड्रेन पार्क अब सञ्चालनमा आउने भएको छ । निर्वाचित जनप्रतिनिधि विहीनताको समयमा निर्माण गरिएको पार्क संरक्षणको आभावमा जीर्ण बनेको थियो ।

गौर नगरपालिकाको प्रमुखमा अजय कुमार गुप्ता निर्वाचित हुनु भन्दा १ वर्ष अगाडी पूर्वाधार त्यार भएका पार्कको मेयर गुप्ता निर्वा्चित भएपछि व्यवस्थित गराएका थिए ।

पार्क भित्र बस्ने, घूमफिर गर्ने, पानीको झरि समेत विभिन्न किसिमको फूलको बोट राम्रो सप्रिय पछि सवैको प्रयोगको लागि खुल्ने भएको हो । सामुदायिक तथा निजी विद्यालयमा अध्यन गर्ने विद्यार्थी, महिला, पुरुषहरु विहान र बेलुका केहि समय बिताऊँन सकने राम्रो ठाउँ रहेको छ । 

नगरपालिका कार्यालयको दक्षिण तरफ , गौर राईस मिलको मैदानको पूर्व तरफमा पार्क रहेको छ । ठूलो क्षेत्रफल नभए पनि आकर्षक र सुन्दर बनाइएको पार्कको छेउमा बाजार लाग्ने गरेको छ । 

विद्यार्थी नेता प्रकाश भाई मधेशियाले विद्यार्थीको लागि बनाइएको पार्क सञ्चालनमा ल्याउनु पर्छ भनी नगरप्रमुखलाइ आग्रह गर्दा मंगलवार नगर प्रमुख अजय कुमार गुप्ता , प्रमुख प्रसाशकीय अधिकृत सुमन कार्की सहित विधार्थी नेता प्रकाशको साथै संचारकर्मीहरु सहभागी भएका टोली पार्कको स्थलगत निरिक्षण गरेका छन । 

पार्क भित्र रोपिएको वोट सानो भएकोले बंद गरिएकोमा अव लगाइएको विभिन्न किसिमका वोटहरु सप्री सकेकोले चाडै प्रयोगमा आउने मेयर गुप्ताले बताए । 

राजनितिकमा बढ़ी परिश्रम गर्ने व्यक्तिको रुपमा देखा परेका विधार्थी नेता प्रकाशको चासो चाहनालाइ ध्यानमा राख्दै विद्यार्थीको साथै सर्व साधारण समेतको लागि पार्क प्रयोगमा ल्याउने मेयर गुप्ताले बताए । 

प्रमुख प्रसाशकीय अधिकृत कार्कीले पार्कको सरसफाईको लागि नगरपालिकाबाट कर्मचारी खटाई सकिएको बताएका छन । कार्यालयका स्वीपरले सरसफाईमा मंगलबार देखि नै खटाइएकोले एक हप्ताको भित्र सञ्चालनमा आउने कार्कीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ