नगर प्रमुखसहितको टोलीद्वारा फोहरमैला ब्यवस्थापन केन्द्र निर्माणको निरीक्षण

समाचार

9/25/2018

वीरगन्ज, ९ असोज । मुलुककै पहिलो फोहरमैला व्यवस्थापन केन्द्रको रुपमा वीरगन्जको नगवामा निर्माण भइरहेको निर्माण कार्यलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सहितको टोलीले स्थलगत निरीक्षण गरेको छ ।वीरगन्ज महानगपालिकाको वडा नम्बर १६ नगवाको पूर्वी सिमानामा निर्माण भइरहेको सो केन्द्रमा आगामी २० वर्षसम्म महानगपालिकाको फोहरमैलालाई व्यवस्थापन गरी कम्पोष्ट मल तथा प्लाष्टिजन्य पर्दाथलाइ बिक्री गरी आर्थिक आम्दानीसमेत गरिने महानगपालीकाको मुख्य लक्ष्य रहेको छ ।जसको निर्माण कार्य आउने दिसम्बर महिनासम्म सम्पन्न गरिसक्नु पर्ने समयअवधि भएपनि कार्यप्रगति सन्तोषजनक नभएको भन्दै निर्माण कार्यमा तीव्रता दिन ठेकेदारलाई निर्देशन दिइएको जनाइएको छ ।बडा नम्बर १६ का वडा अध्यक्ष श्यामबाबु चैरसिया परियोजनाका कन्सल्टेन्ट स्मेक इन्टरनेशनलका टिमलिडर नागेन्द्र झा, निर्माण विशेषज्ञ बिएम शाक्य, योजना प्रमुख शैलेन्द्र श्रेष्ठ, ठेकेदार कम्पनी पपु कन्ट्रक्सनका प्रतिनिधि र वीरगन्ज महानगपालीकाका अधिकृत सुमन श्रेष्ठलगायतको टोलीसँग निर्माणस्थल पुगेका नगर प्रमुख विजयकुमार सरावगी तथा प्रमुख प्रशासकिय अधिकृत डा भीष्मकुमार भूसालले कार्यप्रगतिको बारेमा छलफल गरेका थिए ।

मेयर सरावगीले परियोजनासँग सम्बन्धित पदाधिकारी, कन्सलटेन्ट र ठेक्केदार कम्पनीका पदाधिकारीहरुसँग छलफल गर्दै निर्माण कार्यप्रगतिबारे जानकारी लिँदै समयमा कार्य पूरा गर्न गराउन निर्देशन समेत दिए ।यो फोहर मैला व्यवस्थापन केन्द्र महानगरपालिकाको अति नै महत्वाकांक्षी परियोजना भएकोले समयमै निर्माण कार्य सम्पन्न गर्न आफूहरु लागीपरेको प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भूसालले जानकारी गराए ।कार्यप्रगति सन्तोषजनक नभएको बताउँदै उनले निर्माण स्थलमा रहेका पप्पु कन्सट्रक्सनका प्रतिनिधिहरुलाई निर्माण कार्यमा तीव्रता अब पनि नभए महानगरपालिका कानुनि कार्यवाहि अगाडि बढाउन बाध्य हुने चेतावनी समेत दिइएको बताए ।केन्द्रसँगै नगवावासीका लागि निर्माण गरिने शवदाहस्थालको निर्माण कार्यसमेत सोमबारबाट सुरु भएको छ । स्थानीय नगवावासी तथा वडाका जनप्रनिधिसँग छलपल गरी शवदाह केन्द्रको निर्माण कार्य सुरु गरिएको डा भूसालले बताए ।

यो निर्माण सम्पन्न भइसकेपछि यस स्थानमा २० वर्षसम्म वीरगन्जको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थित गर्न सकिने छ । साँथै ‘फोहोरमैला ब्यवस्थापन केन्द्र’ मा ल्याइने फोहोर प्रशोधन गरी बजारमा बेचेर त्यसबाट वार्षिक ६ करोड २० लाख रुपैयाँ आम्दनी समेत हुने लक्ष्य रहेको छ । ‘कुहिन सक्ने’ फोहोरलाई कम्पोष्ट मल बनाइने छ र ‘पुनः प्रयोग हुन सक्ने’ किसिमका प्लास्टिक, फलाम, कागज, शिसा लगायतका बस्तु छुट्याएर कवाडको रुपमा बजारमा बिक्री गरी आर्थिक श्रोतको रुपमा प्रयोग गरिने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ