मणि प्रसाद गैह्रे, कपिलवस्तु, २६ भाद्र । कपिलवस्तु निर्माण व्यवसायी संघको पाँचौ अधिवेशनबाट गुन्जन कुमार गुप्ता नेतृत्वको प्यानल बिजयी भएको छ । अध्यक्ष गुप्ताले ९६ मत प्राप्त गरि निर्वाचित भए भने उनका प्रतिस्पर्धी चन्द्र शेखर श्रेष्ठले ५२ मत प्राप्त गरे ।
प्रथम उपाध्यक्षमा विष्णु प्रसाद खनालले ७९ मत पाएर चुनाव जिते भने अर्का उम्मेदवार सुनिल कुमार गुप्ताले ६६ मत प्राप्त गरे । द्वितीय उपाध्यक्षमा नारायण प्रसाद अर्याल ८३ मतसहित निर्वाचित हुँदा अच्युत अर्यालले ६० मत प्राप्त गरेका थिए ।
महासचिव पदमा सरोज अर्याल ८८ मत सहित निर्वाचित हुँदा आजाद अहमद दर्जीको ५६ मत ल्याए । सचिवमा अनन्त कुमार खड्का ८१ मत ल्याएर निर्वाचित भए भने रितेश बहादुर थापाले ५२ मत ल्याए ।
कोषाध्यक्ष पदमा अशोक कुमार गुप्ताले ८८ मत ल्याएर चुनाव जित्दा मन्दिप सिंहले २७ र अजय शर्माल २४ मत प्राप्त गरे । सहकोषाध्यक्षमा नगेन्द्र सिंहले ८३ मत ल्याउँदै निर्वाचित हुँदा सर्वेश कुमार पाण्डेयले ५८ मत प्राप्त गरे ।
सदस्यमा शुनिल कुमार शुक्ला, रमेश मिश्रा, मोहम्मद युनुस मुसलमान, गम्मा रैदास, चेत नारायण भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै नलिन गौतम भुसाल महिला सदस्य पदमा निर्विरोध निर्वाचित हुन सफल भएकी छन् । नव निर्वाचित अध्यक्ष गुन्जन कुमार गुप्ताले निर्माण व्यवसायीको हकहितलाई ध्यानमा राखी कार्य गर्ने बताए । साथै निर्माण क्षेत्रका समस्याहरु समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।
तपाईको प्रतिक्रिया