नवलपरासी, ९ असोज । दिनानुदिन मुलुकमा महिला हिंसाका घटनाहरु बढ्दै गइरहेको छ । रौतहटमा किशोरीमाथि भएको एसिड प्रहारको घटना सेलाउन नपाउँदै नवलपरासीमा पनि एक महिलामाथि त्यस्तो घटना दोहोरिएको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा एसिड र छुरा प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन् । कावासोती नगरपालिका–१६ डण्डा हरबासीकी बसन्ती परियारलाई छिमेकी विमल श्रीपालीले एसिड र छुरा प्रहार गरेका हुन् ।
सोमबार साँझ बजार गरेर घरतर्फ जाँदै गरेकी परियारलाई बाटोमा एक्कासी आक्रमण भएको प्रहरीले जनाएको छ । घाइते परियारलाई चितवनको भरतपुर अस्पतालमा लगिएको थियो । एसिड र चक्कु प्रहार गर्ने विमल श्रीपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया