पोखरियालाई मानव सेवाको भूमिको रुपमा परिणत गर्नुपर्ने : प्रदेश प्रमुख

समाचार

10/2/2018

धनुषा, १५ असोज । प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले धनुषाको ढल्केवरस्थित पोखरियालाई मानव सेवाको भूमिका रूपमा परिणत गर्नुपर्ने बताएका छन् ।

धनुषाको मिथिला नगरपालिकाद्वारा वडा नं ७ ढल्केवरस्थित पोखरिया तालमा आयोजित आयुर्वेद गुरु बालकृष्ण आचार्यको अभिनन्दन तथा सम्मान समारोहमा उनले त्यस स्थानमा जडीबुटी उत्पादन, प्रशोधन केन्द्र तथा मानव सेवाका लागि आयुर्वेद अस्पताल जस्ता संरचना स्थापित गर्न खोजेकामा प्रशंसा गर्दै यसमा स्थानीय तथा प्रदेश सरकारले सहयोग गर्नुपर्ने पनि बताए ।

कार्यक्रममा आचार्य बालकृष्णले भौगोलिक रूपमा प्रदेश नं २ सानो भए पनि जनसङ्ख्याको हिसाबले निकै ठूलो रहेकाले यस प्रदेशलाई समृद्ध बनाउन आफूले पहल गर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ