‘पार्टी सभापतिलाई पूर्ण अधिकार दिनुपर्छ’

समाचार

9/16/2018

बुटवल, २४ भाद्र । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीलाई बलियो बनाउन सभापतिलाई पूर्ण अधिकार दिनुपर्ने बताएका छन् ।

बिपी जयन्तीका अवसरमा बिपी चोकमा आयोजना गरेको कार्यक्रममा उनले सामूहिक नेतृत्वमा जाँदा पार्टी सभापतिको अधिकार कम हुँदा पार्टी नै चलाउन समस्या भएकाले सभापतीय वा एकल सङ्क्रमणीय निर्वाचन प्रणालीमा गएर पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।

काङ्ग्रेस नेता खाँणले पार्टीको केन्द्रीय समिति बैठकमा विधानमा नै यस्तो व्यवस्था गर्न विधान समितिमा लिखित धारणा राख्ने र केन्द्रीय समिति बैठकमा कुरा उठाउने बताए । उनले सभापति हुने व्यक्तिले पाँच वर्षसम्म निर्धक्कसँग पार्टी चलाउनसक्ने वातावरण बनाउनुपर्ने र अनुसाशन उल्लङ्घन गर्नेलाई कारवाही गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ