विराटनगर, २६ भाद्र । प्रदेश नं १ को प्रदेशसभामा बसेको बैठकले प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम सो विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका थिए ।
सो विधेयक सम्बन्धमा प्रदेशसभाको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली, २०७४ बमोजिम प्रशासकीय कार्यविधि(नियमित) गर्न बनेको विधेयक, २०७५ प्रदेशसभामा अङ्ग बनोस् भनी प्रस्ताव गरेका थिए ।
तपाईको प्रतिक्रिया