धनगढी, २६ भाद्र । प्रदेश ७ को प्रदेशसभाको बैठकमा प्रस्तुत गरिएको सेवा सुविधासम्बन्धी प्रतिवेदनमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक बाहेकका अन्य सेवा सुविधामा वृद्धि गरिएको छ ।
प्रतिवेदनमा इन्धनदेखि बीमा रकमसम्म वृद्धि गरिएको छ । सेवा सुविधासम्बन्धी विधेयक प्रदेशसभा बैठकमा पेश हुँदा आवास सुविधा प्रति महीना पदअनुसार रु १५ देखि २० हजार तोकिएकामा संशोधनसहितको प्रतिवेदनमा रु १७ देखि २२ हजार, फर्निचरका लागि एकमुष्ट रु ४० हजार राखिएकामा वृद्धि गरी रु एक लाख, दैनिक भ्रमणभत्ता प्रतिदिन रु दुई हजारबाट दुई हजार ५०० रहने उल्लेख गरिएको छ ।
अतिथि सत्कारमा प्रतिमहीना रु पाँच हजार उल्लेख गरिएकामा वृद्धि गरी रु सात हजार, सञ्चार सुविधा रु एक हजार ५०० बाट रु तीन हजार प्रस्ताव गरिएको छ ।
तपाईको प्रतिक्रिया