प्रधानाध्यापकविरुद्ध विद्यार्थीको प्रदर्शन

समाचार

9/16/2018

राकेश यादव, रौतहट, २६ भाद्र । रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुले प्राध्यानध्यापकको विरुद्ध प्रदर्शन गरेका छन् ।

कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु विद्यालयका प्राध्यानध्यापक चन्देश्वर राउतले पटक पटक विद्यालयबाट निष्काषित गरिदिने धम्की दिँदै आएको भन्दै विद्यार्थीहरुले जिल्ला प्रसाशन कार्यालयको गेट अगाडी मंगलवार विहान ११ बजेको समयमा चर्को नारावाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

विद्यालयमा विगत ५ महीना देखि साइंस , कम्प्यूटर शिक्षा र सामाजिक अध्यनको विषय पढ़ाई न भैरहेको आरोप कक्षा १० मा अध्यनरत कृष्ण पौडेलले लगाएका छन् । उपेन्द्र यादवले शिक्षकहरु अध्यापन गराउनुको साटो कार्यालयमा बसी मोबाइल चलाउने गरेको आरोप लगाएका हुन् । 

विद्यालयमा विषयगत शिक्षकको व्यवस्था गर्नु पर्ने आग्रह गर्दा रक्सी सेवन गरेर विद्यालय आउने प्राध्यानध्यापक राउतले बढ़ी बोल्यौ भने विद्यालयबाट निकाल दिने धम्की दिने गरेको गुनासो पोखे । समयमा विद्यालय नआउने र कक्षा कोठामा पनि समयमा नजाने शिक्षकहरुको बानीले हामीहरुको भविष्य संग खेलवाड़ गर्ने गरेको विधार्थी हरुले बताएका छन । 

अजय पौडेल गुनासो गर्न जादा मारपीट गर्ने , प्रक्टिकल्स मार्क्स नदिने जस्ता डर त्रास देखाउने गरेको प्राध्यानध्यापक राउत माथि कार्यवाही हुनु पर्ने मांग गरेका छन । विद्यार्थी गौरव साहले शिक्षिका अनीता देवीले विना दोषको साथी श्याम किशोर कुशवाहालाइ विद्यालयबाट हस्तानांतरण गरेको बताए । 

राउत विद्यालयको जिम्मेवारी पाए देखि नै विद्यालयको आन्तरिक व्यवस्थापन खुकुलो भएको विद्यार्थीहरुको भनाइ रहेको छ । कक्षाकोठामा पढाउन गएकी शिक्षिकालाइ विद्यार्थीहरुले अभद्र व्यव्हार गरे पछि विद्यार्थीहरुलाई डाट फटकार गरेको प्राध्यानध्यापक राउतले वताएका छन । 

अनुसासन विपरीत काम गरेका विद्यार्थीलाइ अर्को विद्यालयमा जाने गरी ट्रान्सफर पत्र बनाएको विरुद्धमा विद्यार्थीहरुले हो हल्ला गरेको उहाले बताए । शिक्षिकाको बूबाको मृत्यु भएपछि क्रियाश्राद्धमा बसेर आएकोमा कक्षा कोठामा पढाउन जादा केहि विद्यार्थीहरुले अपशव्द प्रयोग गरेको राउतले बताएका छन । 

सोसल स्टडीका शिक्षा अवकाश भइसकेको हुदा विषयगत शिक्षकको समस्या रहेको बताउँदै शिक्षक व्यवस्थापनमा सम्वन्धित निकाय ,विद्यालय व्यवस्थापन समितिको जिम्मेवार हुनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ