प्रधानसेनापति र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

समाचार

9/26/2018

काठमाडौं, १० असोज । प्रधानसेनापति पूर्णचन्द्र थापासँग काठमाडौंस्थित दक्षिण कोरियाली राजदूतावासका राजदूत पार्क यङ्ग सिकले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्ताका क्रममा राजदूत सिकले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ