पर्यटन पवर्द्धन गर्न नेपाल–भारत साझेदारी

समाचार

10/2/2018

काठमाडौं, १६ असोज । नेपाल र भारतमा मिलेर पर्यटन प्रवर्द्धनका लागि दुवै देशका व्यवसायीबीच सम्झौता भएको छ ।

भारतको सिलिगुडीमा भएको कार्यक्रममा संयुक्त रूपमा काम गर्नेलगायत १३ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपालबाट नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाटा) र भारतबाट इस्टर्न हिमालय ट्राभल्स एन्ड टुर अपरेटर्स एसोसिएसन (इथ्वा) का प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

द्विदेशीय कार्यक्रम गर्दा संयुक्त रूपमा आयोजना गर्ने, दुवैतर्फका प्रतिनिधि रहने गरी पाँचदेखि सात सदस्यीय बोर्ड गठन गर्ने, पर्यटकको सुविधाका लागि संयुक्त रूपमा काम गर्नेलगायत सम्झौता भएको नाटाका अध्यक्ष भूपालराज श्रेष्ठले बताए ।

यो सम्झौतासँगै नेपालका पर्यटकीय र धार्मिक स्थल अवलोकन गर्न आउने भारतीय र भारतको बाटो भएर आउने पर्यटकको संख्या बढ्नेछ । यो सम्झौताले प्रदेश १ लाई अझै फाइदा पुग्नेछ ।

भारतीय पर्यटन बोर्डका क्षेत्रीय निर्देशक जेपी साहले नेपाल विश्वकै सुन्दर देश भएकाले पनि सबै भारतीयले एकपटक नेपाल घुम्नुपर्ने बताए ।

नेपाल र भारतबीचको भाइचारा र सांस्कृतिक सम्बन्धले पनि भारतीय नागरिकका लागि नेपाल भ्रमण गर्न सजिलो रहेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ