बालमैत्री नगरमा विद्यार्थीमाथि ज्यादती आरोप

समाचार

9/16/2018

परासी, २४ भाद्र । नेपालकै पहिलो बालमैत्री नगर घोषणा गरिएको पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित एक विद्यालयका शिक्षकले विद्यार्थीमाथि हातपात र कुटपिट गरेको भन्दै विरोधमा विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

सुनवल क्षेत्रकै नमूना विद्यालय महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारीले सोही विद्यालयको कक्षा १०का प्रदीप कोंहार र धीरज पाण्डेलाई अपशब्दसहित हातपात गरेको विद्यार्थीको आरोप छ ।

सोही क्रममा विद्यार्थीले दोषी भनिएका शिक्षकमाथि कारवाही हुनुपर्ने माग गर्दै प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । विद्यार्थीले न्यायको माग गर्दै सुनवल नगरपालिका र शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय परासीमा निवेदन पनि दिइएको बताएका छन् । विद्यालय व्यवस्थापन समितिले पनि प्रधानाध्यापक पाण्डेलाई दश दिनका लागि निलम्बन गरेको अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ