बाल विवाह रोक्ने सरोकारबालाको सामूहिक प्रतिवद्धता

समाचार

9/16/2018

राकेश यादव, रौतहट, २६ भाद्र । जूरी नेपालको आयोजनामा रौतहटको गौरमा सम्पन्न भएको बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ को प्रभावकारी कार्यान्वयनका लागि नागरिक संस्थाहरुको भूमिका विषयक जिल्ला स्तरीय परामर्श कार्यक्रममा सहभागीहरुले बालविवाह रोक्ने सकारात्मक भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । 

सेन्टर पÞmर रेप्रोडक्टिभ राईटको सहकार्य र युएनएफपिएको सहयोगमा भएको परामर्श कार्यक्रममा आयोजक संस्थाका महासचिव पंकज कुमार कर्ण बाल विवाह विरुद्ध कÞानूनी संरक्षणको विषयमा प्रस्तुति राख्दै सामाजिक, धार्मिक, सभ्यता, मूल्य मान्यताको आडमा कानूनले अपराध ठहर गरिसकेको कार्य नगर्न आग्रह गरेका छन् । 

धार्मिक ग्रन्थ रामायण, महाभारत, पुराण, बाइबलमा उमेर नपुगेका बालबालिकाको विवाह गर्न भनेको छैन भनी विस्तृत रुपमा व्याख्या गरी सहभागीहरुलाई जानकारी गराएका छन् । बाल विवाह कÞानूनी अपराध हो जानकारी हुँदाहुँदै पनि रौतहटमा बाल विवाहको घटनामा बृद्धि भएको तथ्यांकले देखाइरहेको अवस्था छन् । 

८५.८० प्रतिशत बाल विवाहको तथ्यांक रहेको छ जून भयावह स्थितिको अवस्था देखिएकोले अबदेखि यसलाई कडाईका साथ रोक्नु पर्ने जिम्मेवारी सरोकारवाला काँधमा आएको महासचिव कर्णले बताए ।

रामअसीस यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर महिलाहरुको सुरक्षाका लागि गम्भीर चुनौती थपिएकोले २० वर्ष मुनि विबाह गर्ने माथि कÞानूनी कार्यवाही हुने बताएका छन् । 

वाल विवाह रोक्नका लागि नगरपालिकाको तर्फबाट विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

विभिन्न सरकारी गैरसरकारी संघ संस्थाको प्रमुख सहभागी भएका उक्त कार्यक्रममा सीआरआरका अधिवक्ता प्रवीना बाजाचार्य बालविबाह बहुआयामिक हानीको श्रृंखलाको विषयमा, महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालयका ओम भट्टराई बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीतिको बारेमा प्रस्तुति गरेका थिए ।

बाल विवाह अन्त्यका लागि नेपालले गरेका राष्ट्रिय तथा अंतराष्ट्रीय प्रतिवद्धता एवं कार्यन्वयनको अवस्थाको सम्बन्धमा तथा सीनियर प्रोग्राम कोर्डिनेटर कंचन साहले रौतहटमा बाल विबाहको अवस्थाको सम्बन्धमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ