काठमाडौं, २३ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय काँग्रेस पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको छ ।
सो अवसरमा सिंह भारतको प्रधानमन्त्री भएका बेला नेपालसँग भएका समझदारी, छलफल र नेपालमा शान्ति प्रक्रियालाई अगाडि बढाउन उनको नेतृत्वको सरकारबाट भएको सहयोगप्रति अध्यक्ष दाहालले धन्यवाद ज्ञापन गरेका थिए । नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माण भई सकेपछि विकास निर्माणतर्फ ध्यान केन्द्रित गरेकाप्रति नेता सिंहले खुसी व्यक्त गरेका हुन् ।
तपाईको प्रतिक्रिया