राकेश यादव, रौतहट, २३ भाद्र । मधेश पत्रकार महासंघको रौतहट जिल्लामा तदर्थ समिति गठन भएको छ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।
केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थिति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता, नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव, चंचल कुमार झा, सचिव अजित कर्ण, सह सचिवमा मंजू कुमारी साह, कोषाध्यक्षमा विजय पटेल, सदस्यमा रामविश्वास मुखिया, विश्वनाथ राम, अमित ठाकुर, हरेन्द्र साह, संजीव झा, पपू झा, दिलीप पांडेय, जीतन यादव, राहुल पांडेय, रिंकू कुमारी रहेका छन् ।
सलाहकार समितिमा किशोरी यादव, नन्दभुषण श्रीवास्तव, धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी दिएका छन् । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थित रहेका थिए ।
तपाईको प्रतिक्रिया