विपद् व्यवस्थापन समितिलाई रबरबोटसहित सामग्री प्रदान

समाचार

9/16/2018

चन्द्रकान्त खनाल, रुपन्देही, २५ भाद्र । विपद् व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई नमूना एकीकृत विकास परिषद्ले रबरबोटसहित अन्य विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ । 

रुपन्देही जिल्ला विपद्को उच्च जोखिममा नरहे पनि यहाँ बाढी तथा डुबान समस्याको रुपमा रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले रबरबोटको आवश्कता औल्याएका थिए ।

विपद्लाई मध्यनजर गरी तयारी अवस्थामा रहन मोटरबोट आवश्यक रहेको बताउँदै प्रजिअ मगरले सहयोगी निकाय गुहारेका थिए । सोही आधारमा वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदार संस्था नमूना एकिकृत विकास परिषदलाई र परिषदले जिल्ला बिपद ब्यावस्थापन समितिलाई बोट सहितको उद्दार सामाग्री उपलब्ध गराएको हो । 

५ लाख ३६ हजार ७ सय ५० रुपैया बराबरको १ सेट रबर बोट, ८ वटा हेल्मेट, १ सेट रबरबोट एयर पम्प, रबरबोट मर्मत किट, लाईफ ब्योई प्रदान गरिएको छ । यसै गरि ८ वटा प्याडल, ८ वटा लाईफ ज्याकेट, १ वटा थ्रो ब्याग, १ सेट मेगा फोन र १ रोल क्लाईम्बिङ्ग डोरी गरि ५ लाख ९३ हजार ७ सय १९ रुपैया बराबरको सामाग्री प्रदान गरिएको नमूना एकिकृत विकास परिषदको अध्यक्ष ज्ञानु पौडयालले बताईन । यी सामाग्रीहरुलाई नेपाल बिपद पूर्वतयारी परियोजना अन्र्तगत उपलब्ध गराईएको उनले जानकारी दिईन ।

सामाग्री ग्रहण गर्दै रुपन्देही प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद ब्यावस्थापन समितिका अध्यक्ष उदय बहादुर राना मगरले बिपद आई पर्दा उद्दारको लागी मोटरबोट अभाव भएको अवश्थामा नमूनाले प्रदान गरेको रबरबोटबाट धेरै जनाको ज्यान जोगाउन सकिने बताए ।

रुपन्देहीमा बिशेष गरि आगलागी, बाढी र डुबानले समस्या दिने गरेको छ । बिपद ब्यवस्थापन समितिले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७४÷०७५ मा आगलागी मा परि २ जनाको र हुरि बतास चटयाङ्गबाट २ जनाको गरि बिपदमा परि ४ जना मानिसको मृत्यु भएको थियो भने अन्दाजी ६ करोड ३५ लाख ७० रुपैया बराबरको क्षति भएको थियो । 

यसै गरि सोही बर्ष बिपदमा परि १५ जना मानिस घाईते भएको थिए । बिपदमा परि २० वटा चौपायाको मृत्यु भएको थियो भने ५५ वटा घर र २० वटा गोठमा समेत क्षति पुगेको थियो ।

आर्थिक बर्ष २०७३/०७४ मा भने बिपदमा परि ३ जना मानिसको मृत्यु भएको थियो भने ६ जना घाईते भएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । उक्त आर्थिक बर्षमा ३१ वटा चौपायाको मृत्यु भएको र अन्य ५ वटा घाईते भएका थिए ।

यसै गरि बिपदकै कारण २ सय ६६ वटा घर तथा ११ वटा गोठमा क्षति पुगेको थियो भने अन्दाजी १४ करोड १३ लाख ५१ हजार ६ सय ८५ रुपैया बराबरको क्षति भएको थियो । रबर बोट आए पनि आगलागीको पनि उत्तिकै जोखिम रहेको हुदा जोखिम न्युनिकरणको लागी जिल्ला ब्यावस्थापन समितिका अध्यक्ष एवम प्रजिअ मगरले ५० वटा फायरबल उपलब्ध गराई दिन दातृ संस्थालाई अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ