रौतहट, १० असोज । नेपाली कांग्रेसका प्रदेश २ का सांसद एवं वीपी स्वच्छता अभियानका संचालक शेख लालबाबूले स्वच्छ सुन्दर गाउँ, समाज र जिल्ला बनाउने उद्देश्यले स्वच्छता अभियान सञ्चालन गरेको बताएका छन् ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ करकच करमैयामा आयोजित स्वच्छता अभियान कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै प्रदेश सांसद लालबाबुले सरसफाईको कमीले विभिन्न किसिमका रोगको प्रकोप हुने गरेको ले यो अभियान आफैले सञ्चालन गरेको बताए ।
१०५ औ वीपी जयन्तीको अवसर पारेर यो अभियान सञ्चालन गरिएको बताउँदै सांसद लालबाबूले जनचेतना मूलक कार्यक्रम संचालन गर्ने निति कार्यक्रम रहेको बताए ।
उहाले भाद्र २४ गते देखि देवाही गोनाही नगरपालिकाको वड़ा नम्बर १ करुनियावाट अभियानको शुरुवात गरिएको अभियान अन्तर्गत माधव नारायण नगरपालिकाको वड़ा नम्बर १ दिपही , वड़ा नम्बर २ को खेसरहिया , बौधिमाई नगरपालिका को वड़ा नम्बर ४ अजगैवी , वड़ा नम्बर ६ पिपरियामा स्वच्छता समिति गठन समेत गरी सकेको बताए ।
नेपाली कांग्रेसका गाउ कमिटी अध्यक्ष लेयाकात चुडि़हारको सभापतित्वमा संपन्न कार्यक्रममा वीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य विन्दा सहनी, नेपाली कांग्रेस का पूर्व सभापति विन्देश्वर यादव , पूर्व प्राध्यानध्यापक जोट नारायण झा , मेयर प्रत्यासी बच्चा बाबू , उपमेयर प्रत्यासी प्रमिला देवी दासले मन्तव्य राखेका थिए ।
देवजीत प्रसाद कुशवाहाको अध्यक्षतामा ११ सदस्य स्वच्छता समिति गठन गरिएको संचालक शेख लालबाबूले जानकारी दिएका छन ।
तपाईको प्रतिक्रिया