संविधानको मर्मअनुरुप गोपनीयताको कानून बनाउनुपर्ने

समाचार

9/16/2018

काठमाडौं, २४ भाद्र । संविधानको मूल मर्मअनुरुप गोपनीयता हकसम्बन्धी कानून निर्माण गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राज्य व्यवस्था समितिको बैठकमा सांसदहरू दिलेन्द्र बडू, शेरबहादुर तामाङ, नवराज सिलवाल, प्रेम सुवाल र कृष्णभक्त पोखरेलले संविधानको मूल मर्मअनुसार गोपनीयताको हकसम्बन्धी कानून निर्माण गर्नुपर्ने धारणा राखेका हुन् ।

नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा २८ लाई कार्यान्वयन गर्न तीन वर्षभित्र कानून बनाएर लागू गर्नुपर्ने व्यवस्थाअनुरुप गोपनीयताको हक कार्यान्वयन गर्न ऐन बनाउन लागिएको हो । सो ऐनलाई अन्तिम रुप दिनका लागि सो समितिमा दफावार छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ